Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण ३ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारआजपा र स्वाधीन मधेस जनअभियानबीच पार्टी एकीकरणको घोषणा

    आजपा र स्वाधीन मधेस जनअभियानबीच पार्टी एकीकरणको घोषणा


    काठमाडौं, ३० पुस आम जनता पार्टी (आजपा) र स्वाधीन मधेस जनअभियानबीच पार्टी एकीकरण गर्ने सहमती भएको छ । पार्टी एकीकरण गर्दै आजपाको मोवाइल चुनाव चिन्हबाटै २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा सहभागि हुने सहमती पत्रमा उल्लेख गरिएको छ ।

    काठमाडौंको कोटेश्वर स्थित आजपाको केन्द्रीय कार्यालयमा आज आजपा अध्यक्ष प्रभु साह र स्वाधीन मधेस जनअभियानका संयोजक कैलाश महतोले ६ बुँदे सहमती पत्रमा हस्ताक्षर गर्दै पार्टी एकीकरण गर्ने सहमती गरेका हुन् ।

    ‘आम जनता पार्टी र स्वाधीन मधेश जन–अभियान बीच भएको एकीकरण कार्यलाई दिगो र परिणाममुखी बनाउन आन्दोलनका कार्यक्रमहरुलाई निरन्तरता दिने । आसन्न प्रतिनिधिसभा निर्वाचनमा आम जनता पार्टीको चुनाव चिन्ह मोवाइल छाप प्रयोग गरी समानुपातिक र प्रत्यक्ष चुनावमा भाग लिने,’ दुवै पार्टीका प्रमुखले हस्ताक्षर गरेको पार्टी एकीकरण पत्रमा उल्लेख गरिएको छ ।

    यसैगरी पूर्ण समानुपातिक निर्वाचन÷प्रतिनिधित्व प्रणाली, दलविहीन स्थानीय निर्वाचन, राज्य राष्ट्रको शासन पद्धति लगायत जनपक्षीय मुद्धाहरुलाई संविधानमा समावेश गराउने सहमती भएको छ । नेपालको संविधान अधूरो, अपूरो, त्रुटिपूर्ण र विभेदकारी समेत रहेको हुँदा यसलाई पूर्णतः खारेज गरी नयाँ संविधान लेख्ने सहमती पत्रमा उल्लेख गरिएको छ ।

    राष्ट्रियता, जनजीविका, समानता र न्यायसंग सम्बन्धित मुद्धाहरुमा आन्दोलनका कार्यक्रमलाई शसक्त रुपमा अगाडी बढाउने आजपा अध्यक्ष साह र जनअभियानका संयोजक महतोले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।

    आजपा सहअध्यक्ष तिलक थापामगर, सचिवालय सदस्यहरु रविन्द्र सिंह, बालकृष्ण सापकोटा, केन्द्रीय सदस्य चन्द्रिका साह, अभियानका नेता विपिन अधिकारी लगायतको विशेष सहभागितामा रहेको आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन् ।

    आजपाले गत मंगलबार एकैदिन दुई पार्टीसंग एकीकरण गरेको घोषणा गरेको थियो । रामकुमार महतो नेतृत्वको नेपाल सदभावना पार्टी (नेसपा) र ईमदाद गद्दी नेतृत्वको जन अधिकार पार्टी नेपालसंग पार्टी एकता गर्दै अन्य विभिन्न पार्टीका सयौं नेतालाई आजपाले पार्टी प्रवेश गराएको थियो ।

    यसअघि आजपाले जनादेश पार्टी, लघुवित पीडित संघर्ष समिति, सहकारी पीडितका लागि संघर्ष गर्दै आएको समिति लगायतसंग चुनावी सहमती एवं गठबन्धन गरेको छ । पछिल्लो समय विभिन्न पार्टीले आजपासंग पार्टी एकताका साथै विभिन्न पार्टीका नेता, समाजसेवी, युवा, विद्यार्थी लगायत व्यक्तिहरु प्रवेश गर्ने लहर चलेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार, क्रिप्टोकरेन्सीबारे…

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन) विधेयक माथि दफावार छलफल गरिएको छ।

    साउने संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि शिवपूजामा श्रद्धालुको भीड

    काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो

    सांसदलाई सम्पत्ति विवरण बुझाउन सचिवालयको आग्रह, भदौ २९ भित्र अनिवार्य…

    काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको

    आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व…

    काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका

    बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो

    काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको

    बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

    काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले

    Techie IT