Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २ शनिबार

    अपडेट
    गृहपृष्ठसमाचारआजपाको प्रवक्तामा सुभाष साहलाई जिम्मेवारी

    आजपाको प्रवक्तामा सुभाष साहलाई जिम्मेवारी


    काठमाडौं, ११ चैत । आम जनता पार्टी (आजपा)ले केन्द्रीय प्रवक्तामा सचिवालय सदस्य सुभाष साहलाई जिम्मेवारी तोकेको छ । पार्टीको केन्द्रीय कमिटी पुर्नगठनका साथै प्रदेश कमिटीको समेत जिम्मेवारी हेरफेर गरेको आजपाले प्रवक्तामा साहलाई जिम्मेवारी तोकेको हो ।

    काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा गत ७ चैतमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टीलाई पुर्नगठनका साथै जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको थियो । सोही अनुसार विभिन्न प्रदेशको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष लगायतका जिम्मेवारी हेरफेर गरिएको हो ।

    आजपाको प्रवक्ता तोकिएका साह दुई दशकदेखी पत्रकारितामा सक्रिय छन् । आम सञ्चार तथा पत्रकारिता बिषयमा स्नातकोत्तर (एमए)को अध्ययन गरेका साह नेपाल पत्रकार महासंघको पूर्वकेन्द्रीय सदस्य समेत हुन् ।

    सञ्चार क्षेत्रमा प्रभावकारी भुमिका निर्वाह गर्दै आएका साहलाई प्रवक्ताको जिम्मेवारी दिएर पार्टीलाई थप शसक्त रुपमा अगाडी बढाउनुका साथै पार्टी बिचारलाई आम जनतामा राम्रोसंग लैजानेमा पार्टीले विश्वास गरेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार, क्रिप्टोकरेन्सीबारे…

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन) विधेयक माथि दफावार छलफल गरिएको छ।

    साउने संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि शिवपूजामा श्रद्धालुको भीड

    काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो

    सांसदलाई सम्पत्ति विवरण बुझाउन सचिवालयको आग्रह, भदौ २९ भित्र अनिवार्य…

    काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको

    आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व…

    काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका

    बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो

    काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको

    बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

    काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले

    Techie IT