Techie IT
  • The Film Nepal
  • २०८२ फाल्गुन ७ बिहीबार

    अपडेट
    गृहपृष्ठअर्थतन्त्रआजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा

    आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा


    काठमाडौं । नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरका नयाँ बैंक नोट प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार असार २ गतेदेखि नयाँ नोट बजारमा ल्याइनेछ । नयाँ नोट साविककै आकार र रङ्गमा रहनेछ ।

    ‘साविककै आकार तथा रङ्गमा सङ्केत नं. ०००००१ देखि , ९९९९९९ सम्म, ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकवाट रुपैयाँ १० रुपैयाँ दश तुरुन्त पाइने छ ।’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित नयाँ नोट प्रचलनमा ल्याउन ल्याइएको राष्ट्र बैंकले सुचनामार्फत जनाएको छ ।

    नोटमा बाँयातर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ ।  यस नयाँ नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहने राष्ट्र बैंकले जनाएको छ।

    नोटका तल्लो भागको बोर्डरमा नोटको क्रम नम्बर नेपालीमा वि.स. २०८१ लिखिएको हुनेछ ।

    त्यसैगरी नोटको पृष्ठ भागमा भने नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको हुनेछ ।

    मध्य भागमा कृष्णसारको चित्र रहेको हुनेछ, तल्लो भागको बोर्डरमा अंग्रेजीमा दश रुपैयाँ लेखिएको हुनेछ । नोटको तल्लो भागको बोर्डरमा नोटको क्रम सङ्ख्या अंग्रेजीमा सन् २०२४ मा लेखिएको हुनेछ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी

    काठमाडौं । निर्वाचन आयोगले  ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ ।आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनको

    आज प्रजातन्त्र दिवस, सार्वजनिक बिदा

    काठमाडौँ- नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्त्वपूर्ण दिनको सम्झनामा बिहीबार दसौँ निर्वाचन दिवस मनाइँदै छ।

    काठमाडौं–८ का उम्मेदवार खगेश रञ्जितको घरदैलो कार्यक्रम तिब्र

    काठमाडौं, ६ फागुन । आम जनता पार्टी (आजपा)का नेता एवं काठमाडौं–८ का उम्मेदवार खगेश रञ्जित (रञ्जितकार)ले चुनावी भेटघाट, छलफल एवं

    घरदैलो सहित चुनावी कार्यक्रमलाई तिब्रता दिदै बाँकेका आजपा उम्मेदवार शर्मा

    नेपालगंज, ६ फागुन । आम जनता पार्टी (आजपा)का नेतृ एवं बाँके– ३ की उम्मेदवार विध्या शर्माले घरदैलो कार्यक्रमलाई तिब्रता दिएकी

    कांग्रेसले सार्वजनिक गर्यो चुनावी घोषणापत्र ‘प्रतिज्ञापत्र’

    काठमाडौं । नेपाली कांग्रेसले फागुन–२१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र ‘प्रतिज्ञापत्र’ सार्वजनिक गरेको छ । कांग्रेसले प्रतिज्ञापत्रमा

    रवि र बालेनलाई प्रभु साहको चेतावनी रौतहटबासीलाई जंगलराज स्वीकार्य छैन

    रौतहट, ६ फागुन । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ

    Techie IT