काठमाडौं । शुक्र ग्रह शनिबार १२ बजेर ५५ मिनेट शुक्र ग्रह पूर्वमा अस्त हुँदैछ।अस्त भएको शुक्र माघ १५ गते बिहीबार रातको १ बजेर २९ मिनेटमा पश्चिममा उदय हुने पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले जानकारी दिए।
शुक्र र वृहस्पति ग्रह अस्त भएका वेला नयाँ र विशेष मांगलिक कार्य गर्न नहुने ज्यातिषीय मान्यता छ। यो अवधिमा विवाह–व्रतबन्ध आदि संस्कार तथा सप्ताह, नवाह, लाख बत्ती प्रज्ज्वलनलगायतका मांगलिक कार्य गर्न नहुने मान्यता रहेको ढकालले जानकारी दिए। तर नित्यकर्म, पूजापाठ, जप, हवन, तर्पण, नित्य दान आदि नैमित्तिक कर्म आदि कर्म नरोकिने उनले बताए। नामकरण (न्वारन), नवअन्नप्राशन (पास्नी), श्राद्ध, आदि निश्चित समयमा नगरी नहुने कर्म पनि नरोकिने उनको भनाइ छ।
ज्योतिषशास्त्रमा गतिका क्रममा कुनै ग्रह पृथ्वी नजिक पुगेपछि सूर्यको प्रकाशले त्यस ग्रहको प्रकाशलाई ओझेलमा पार्नुलाई अस्त भनिन्छ। शास्त्रीय मान्यताअनुसार बृहस्पति देवताका गुरु हुन् भने दैत्यका गुरु शुक्राचार्य हुन्। यी दुवै ग्रह अस्त भएका वेला मांगलिक कर्म गर्न नहुने बताइन्छ।
बृहस्पति र शुक्र अस्त हुनुभन्दा ३ दिनअघिदेखि शुभ कार्य गर्न नहुने र उदय भएपछि पनि ३ दिनपछि सम्म बार्नुपर्ने ज्योतिष ग्रन्थमा उल्लेख छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- २ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ३ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ४ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग
- ५ एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै
- ६ इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित
- ७ सार्वजनिक विद्युतीय बस खरिदमा ८० प्रतिशतसम्म बैंक कर्जा पाइने

तपाईको प्रतिक्रिया दिनुहोस