Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २३ मंगलवार

    अपडेट
    गृहपृष्ठसमाचारआजको मौसम: मोन्था चक्रवातको असर के कस्तो छ ?

    आजको मौसम: मोन्था चक्रवातको असर के कस्तो छ ?


    काठमाडौं।बंगालको खाडीमा विकास भएको देखिएको मोन्था चक्रवातको प्रभाव नेपालको मौसमी प्रणालीमा पनि पर्न थालिसकेको छ। बुधबार रातिदेखि नै मोन्था चक्रवातको असर देखिन थालेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। बिहीबार बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

    यो चक्रवातले भित्र्याउन सक्ने प्रणालीका कारण बिहीबार बिहानदेखि शुक्रबार बिहानसम्म नेपालको कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपात हुनुका साथै कोशी, मधेसभरि र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले बताएको छ।

    जसका कारण कोशी, मधेस, बागमतीका सबै जिल्लामा सतर्कता अपनाउनुपर्नेछ। त्यस्तै दाङ, कपिलवस्तु, रूपन्देही, नवलपरासी, मुस्ताङ, मनाङ, गोरखा, नवलपुर आदि जिल्लामा सतर्कता अपनाउनुपर्नेछ। लम्जुङ, कास्की, म्याग्दी, गुल्मी, पाल्पा, अर्घाखाँची, बागलुङ पर्वत, स्याङ्जा, तनहुँ आदि जिल्लामा मौसमसम्बन्धी सूचनाप्रति अद्यावधिक रहनुपर्ने महाशाखाले बताएको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    कस्तो रहला आजको मौसम ?

    काठमाडौं ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशभरको मौसम आज मुख्यतया सफा हुनेछ ।जल तथा मौसम विज्ञान

    वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन –…

    काठमाण्डौ मंसिर २२,सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

    प्रभु बैंकका शेरचनलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं । प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनामाथि थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको

    गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश

    काठमाडौं।सर्वोच्च अदालतले १९ वर्षअघि भएको गौरहत्याकाण्डको बारेमा छानबिन गर्न परमादेश जारी गरेको छ।जिल्ला प्रहरी कार्यालय रौतहटमा परेको किटानी जाहेरका आधारमा

    जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन

    काठमाडौं। २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा मृत्यु भएका मध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा

    निर्वाचन आयोगद्धारा दललाई निर्वाचन चिन्ह प्रदान, पहिलो नम्बरमा सूर्य, दोस्रोमा…

    काठमाडौं।निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा निर्वाचनमा भाग लिने दलहरुलाई ती दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ ।१ सय २० वटा राजनीतिक

    Techie IT