Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १ शुक्रबार

    अपडेट
    गृहपृष्ठसमाचारआजको मौसम: उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    आजको मौसम: उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना


    काठमाडौं।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण देशका विभिन्न भागको मौसममा फेरबदल देखिएको छ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मुलुकका अधिकांश भू(भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ।

    आज दिउँसो तराई क्षेत्रका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च भूभागमा सामान्य बदली रहनेछ।लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने देखिएको छ। अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

    आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ। विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगका केही स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना छ।

    महाशाखाले पहाडी भेगका थोरै स्थानमा छिटपुट वर्षा हुन सक्ने अनुमान गरेको छ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार, क्रिप्टोकरेन्सीबारे…

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन) विधेयक माथि दफावार छलफल गरिएको छ।

    साउने संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि शिवपूजामा श्रद्धालुको भीड

    काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो

    सांसदलाई सम्पत्ति विवरण बुझाउन सचिवालयको आग्रह, भदौ २९ भित्र अनिवार्य…

    काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको

    आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व…

    काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका

    बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो

    काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको

    बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

    काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले

    Techie IT