Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २७ शनिबार

    अपडेट
    गृहपृष्ठसमाचारआजको मौसम:देशको पहाडी भू–भागमा वर्षाको सम्भावना

    आजको मौसम:देशको पहाडी भू–भागमा वर्षाको सम्भावना


    काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ ।

    दिउँसो कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ ।  कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    पछिल्लो ६ घन्टामा कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा छिटपुट वर्षा भएको महाशाखाको वेबसाइटले देखाउँछ।

    शनिबार दिउँसो  कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ।

    विभागका अनुसार राति पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

    देशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि सबैजसो तयारीको काम सकियो

    भक्तपुर । नेकपा एमालेले पार्टीको ११ औं महाधिवेशनको उद्घाटनका लागि मञ्च निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।एमालेले ११औँ

    ललितपुरका तीन क्षेत्रबाट कांग्रेसका ३२ जनाको सिफारिस

    ललितपुर/ २६ मंसिर, नेपाली कांग्रेस ललितपुरले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र माघ १० गते हुने राष्ट्रिय

    बज्रबाराहीमा हुने पूर्णिमा भजनका लागि भक्तजनबाट आर्थिक सहयोग प्राप्त

    ललितपुर/ २६ मंसिर, ललितपुरको गाेदावरी नगरपालिका वडा नं. ११ स्थित बज्रबाराही मन्दिरमा हरेक पूर्णिमामा दिनभर हुने  भजनका लागि विभिन्न भक्तजनबाट

    नागढुंगा–मलेखु सडक शुक्रबार र शनिबार खुला हुने

    मलेखु । दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड आज र भोलि (शुक्रबार र शनिबार)का लागि

    ‘अक्षरहरूको क्यानभास’ सार्वजनिक

    काठमाडौं । कवि तथा गीतकार महेश बाबु तिमल्सिनाद्वारा लिखित नयाँ कविता कृति ‘अक्षरहरूको क्यानभास’ बिहीबार सार्वजनिक गरिएको छ ।२०८२ मंसिर

    पुष १ देखि बाघको गणना शुरु हुने

    चितवन ।आउँदो पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ।चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न

    Techie IT