Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठखेलकुदआगामी पुस ९ मा राष्ट्रिय लिग

    आगामी पुस ९ मा राष्ट्रिय लिग


    काठमाडौं। अखिल नेपाल फुटबल संघ ९एन्फा०को आयोजनामा आगामी पुस ९ गतेदेखि राष्ट्रिय लिग हुने भएको छ ।सातदोबाटोस्थित एन्फा मुख्यालयमा सोमबार एन्फा र क्लबबीच भएको बैठकबाट आगामी पुसमा राष्ट्रिय लिग गर्ने सहमति जुटेको हो । यस्तै, बैठकले यस वर्ष पनि ‘ए’ डिभिजन लिग नहुने निर्णय गरेको छ । ‘ए’ डिभिजन लिग पछिल्लो पटक २०७९ सालमा भएको थियो । एन्फा र क्लब बसेको बैठकले अर्को वर्षको पुस ३ गते सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने सहमति भएको छ ।
    यसैगरी राष्ट्रिय लिगमा गत संस्करणको ‘ए’ डिभिजन लिगमा शीर्ष ६ मा रहेका टोली र मकवानपुरमा बुधबारदेखि सुरु हुने एन्फा प्रेसिडेन्ट लिगका शीर्ष चार गरी १० टोलीले राष्ट्रिय लिगमा सहभागी हुनेछ्न ।‘ए’ डिभिजनका चर्च व्वाईज युनाइटेड क्लब, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस टिम, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब र एनआरटी छन् ।

    राष्ट्रिय लिगमा सहभागी टोलीले आगामी मंसिर ५ गते टोली तथा ९ गते खेलाडी दर्ता गर्नुपर्नेछ । यसैगरी लिगको खेल तालिका भने मंसिर १९ मा सार्वजनिक हुने एन्फाले जनाएको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    एसीसी प्रिमियर कप जित्ने लक्ष्यसहित नेपाली टोली मलेसिया प्रस्थान गर्दै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

    सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

    काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

    एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि, मंसिर ५ गतेसम्म सञ्चालन…

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुने भएको छ। नेपाल

    नेदरल्यान्ड्ससँग ५७ रनले पराजित नेपाल, लिग–२ सिरिजका चारै खेलमा हार

    काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको छ। यस हारसँगै

    गुरु पूर्णिमामा आइकेओ क्योकुशिनकाई कराते डोजो नखिपोटका खेलाडीद्वारा गुरु सम्मान

    ललितपुर, १३ साउन/आइकेओ क्योकुशिनकाई कराते डोजो नखिपोट डोजोका  सिनियर तथा जुनियर खेलाडीहरूले भव्यताका साथ गुरु पूर्णिमा मनाएका छन् । आज

    विश्वकप लिग–२ मा नेपालको चुनौती आज नेदरल्याण्ड्सविरुद्ध, हारको शृंखला तोड्ने…

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार खेल दिउँसो २:४५ बजे सुरु

    Techie IT