Techie IT
  • The Film Nepal
  • २०८३ जेष्ठ २७ बुधबार

    अपडेट
    गृहपृष्ठराष्ट्रियआगामी एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तिर्ण हुने गरी काम थालेका छौँ : प्रधानमन्त्री

    आगामी एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तिर्ण हुने गरी काम थालेका छौँ : प्रधानमन्त्री


    धुलिखेल, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को आउँदो एसइई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तिर्ण हुने गरी देशभर अनलाइनबाट शिक्षा सञ्चालनको घोषणा गर्नुभएको छ ।
    धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले अङ्ग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा केन्द्र सरकारका तर्फबाट अनलाइनका माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई भनिसकेको अवगत गराउनुुभयो । “पचास प्रतिशतको हाराहारीमा मात्रै एसइईमा उत्तिर्ण हुनुु विद्यार्थीमाथिको चरम अन्याय हो । यस्तो अवस्थालाई अन्त्य गर्न मैले शिक्षा मन्त्रालय, नेपाल टेलिकमलगायत निकायलाई आवश्यक प्रबन्धका लागि भनिसकेको छुु । बढी नम्बर दिएर नभई विद्यार्थीले आफै राम्रो लेखेर धेरै उत्तिर्ण गराउने गरी हामीले काम थालिसकेका छौँ । अहिलेको सरकार किन बनेको रहेछ भन्ने कुरा परिणाममा देखाउने गरी हामी काम गर्नेछौँ ।’’ उहाँले सरकार देशको समृद्धि र समग्र शिक्षाको सुदृढीकरणका लागि आगामी दिनमा थप स्पष्ट र दृढताकासाथ अघि बढ्ने पनि स्पष्ट गर्नुभयो ।
    उहाँले आफूूले झापाबाट गत वर्ष अनलाइन कक्षा दिएका कारण विद्यार्थीकोहरुको नतिजामा सुधार आएको उल्लेख गर्दै यस अभ्यासलाई देशभर विस्तार गर्ने बताउनुभयो ।
    प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा विभिन्न सङ्कायमा दीक्षित वद्यार्थीलाई आफूूले प्राप्त गरेको ज्ञान–सीपलाई सही सदुपयोग गर्न तथा समाजका लागि सुयोग्य नागरिक बन्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अब तपाईँहरु संसारका जुुसुकै कुुनामा गएर पनि आफ्नोृ क्षमता प्रदर्शन गर्न सक्नुुहुन्छ । तपाईँहरुका लागि संसार खुल्ला छ । तपाईंहरुलाई अभिभावकको लगानी र स्नेहको प्रतिफलका रुपमा यो सफलता प्राप्त गर्नुभएको छ, त्यसलाई सही सदुुपयोग गर्नुस्, सेवाभावको सुयोग्य नागरिक बन्नुस् ।”
    समारोहमा प्रधानमन्त्री ओलीले स्नातकोत्तर तहमा स्कुल अफ आर्टस्मा ४ सिजिपिए ल्याउने मिजला चित्रकारलाई चान्सलर स्वर्णपदक, स्कुल अफ साईन्स्बाट स्नातक तहमा ४ सिजिपिए ल्याउने मुकेश तिवारीलाई भाइस चान्सलर स्वर्णपदक प्रदान गर्नुभयो भने स्नातक तहमा मनिपाल कलेज अफ मेडिकल साइन्स पोखराका स्वीकार दाहाललाई भाइस–चान्सलर स्वर्णपदक, विराट मेडिकल कलेज विराटनगरको, रस्मिता पौडेललाई न्हुछेरत्न तुलाधर स्वर्णपदक, स्कुल अफ मेकिडल साइन्सेजमा अर्जुन दासलाई रमेशप्रसाद सिंह स्वर्णपदक र स्कुल अफ एजुकेशनको रनिषा पौडेललाई महेशनाथ पराजुली स्वर्णपदक प्रदान गर्नुभयो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराईलगायत उपस्थित कार्यक्रममा समारोहमा विदेशी विद्यार्थीसहित दुई हजार तीन सय १४ विद्यार्थी दीक्षित भएका थिए ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    महावीर पुन मन्त्री बन्दै

    काठमाडौं । म्याग्दीबाट स्वतन्त्र रूपमा निर्वाचित सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले पुनलाई विज्ञान, प्रविधि

    पूर्व राष्ट्रिय कुमारीहरूको चन्द्रागिरि–भालेश्वर दर्शन यात्रा हिन्दु–बौद्ध सांस्कृतिक सहअस्तित्वको सन्देश…

    काठमाडौँ, ज्येष्ठ २४ । नेपालको अद्वितीय जीवित देवी परम्पराको संरक्षण, पूर्व राष्ट्रिय कुमारीहरूको सम्मान तथा हिन्दु–बौद्ध धार्मिक–सांस्कृतिक एकताको सन्देश प्रवाह

    राष्ट्रिय सभाका दुई समितिको बैठक आज

    काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतका दुई समितिको बैठक आज बस्दैछ । बैठकमा कर्णाली प्रदेशको अनुगमन प्रतिवेदनदेखि नागढुङ्गा–सिस्नेखोला सुरूङ्गमार्ग आयोजनासम्मका विषयमा छलफल

    अध्ययन बिदा दुरुपयोग गर्ने त्रिविका ४१ प्राध्यापकबाट १० करोड ४६…

    काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन कायम गर्ने सरकारी अभियानले

    महानगर यातायातले थप्यो १६ नयाँ विद्युतीय बस, चक्रपथमा सेवा सुरु

    काठमाडौं ।  महानगर यातायात प्रा.लि.ले आफ्नो सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ। बुधबारदेखि काठमाडौं उपत्यकाको

    जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस

    Kathmandu.  The National Human Rights Commission has recommended an investigation into Gauri Bahadur Karki, the chairperson of the Judicial Inquiry

    Techie IT