आईसीसी टी–२० विश्वकप वार्मअप खेलमा आज नेपालले अमेरिकासँग खेल्दै
काठमाडौं । टी–२० विश्वकप अगाडिको वार्मअप अन्तर्गतको दोस्रो औपचारिक अभ्यास खेलमा आज नेपाल र अमेरिका भिड्दैछन् ।
आयोजक अमेरिका र नेपाल बिचको अमेरिकाको डालासको ग्रान्ड प्रेरीमा साँझ ९ः१५ मा सुरु हुने छ । पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग ६३ रनले पराजित भएको नेपाल अमेरिकामाथि जित निकाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ।
अमेरिका र नेपालबिच भएका पछिल्ला ५ खेलमा नेपालले चार खेल गुमाएको छ। विश्वकप आयोजकसमेत रहेको अमेरिकासँगको खाजको खेललाई महत्त्वका साथ हेरिएको छ।
कस्तो छ विश्वकपको तालिका
विश्वकपको पहिलो खेल डालास मैदानमा नेपालले नेदरल्यान्ड्ससँग जुन ४ तारिखमा खेल्दैछ ।
विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले समूह चरणको दोस्रो खेल जुन १२ मा श्रीलङ्का, तेस्रो खेल जुन १५ मा दक्षिण अफ्रिका र चौथो खेल जुन १७ मा बङ्गलादेशसँग खेल्दैछ ।
२० टोलीको सहभागिता रहने विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् ।
नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो । नेपालले बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको टी–२० विश्वकप खेलेको थियो ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ सिन्धु त्रिवेणीघाटको सम्भावना
- २ कुशल भुर्तेलको लगातार दोस्रो शतक, मलेसियाविरुद्ध ५४ बलमै १२६ रनको विस्फोटक इनिङ्स
- ३ सीपबाट आत्मनिर्भरता तर्फ डोहोर्याउन दक्षिणकालीमा २० दिने क्रिस्टल तथा पोतेका सामाग्री बनाउने तालिम सम्पन
- ४ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद्, अस्पताल र बीमा बोर्डका रिक्त पदमा आवेदन आह्वान
- ५ भारतले बंगलादेशलाई ३–१ ले हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि जित्यो
- ६ रोकिएका आर्थिक सुधार अघि बढाइँदै, अलपत्र आयोजना टुंग्याउने सरकारको प्रतिबद्धता : अर्थमन्त्री वाग्ले
- ७ राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५२ रुपैयाँ २२ पैसा बिक्रीदर

तपाईको प्रतिक्रिया दिनुहोस