आईएमई पेको नयाँ बिमा योजना
काठमाडौँ । आईएमई पेले आईजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा ‘स्मार्ट हेल्थ– सुरक्षित भव’ नामक नयाँ बिमा सुविधा सार्वजनिक गरेको छ ।
आईएमई पेमार्फत प्राप्त गर्न सकिने यो सेवाबाट ग्राहकले व्यक्तिगत दुर्घटना बिमाअन्तर्गत बिमित व्यक्ति र परिवारलाई आकस्मिक चोटपटक वा मृत्युसम्मको अवस्थामा उच्चतम आर्थिक सुरक्षा प्रदान गर्नेछ ।
मात्र रु ३ सय ६५ मा प्राप्त गर्न सकिने यो सेवामार्फत उपचारका क्रममा लाग्ने दुई लाख तीस हजार रुपैयाँसम्मको बिमा दाबी प्राप्त गर्नुका साथै बिमित व्यक्तिले आईएमई पे एपमा उपलब्ध अन्य स्वास्थ्य सेवामा पनि विभिन्न छुटहरू प्राप्त गर्न सक्नेछन् ।
यस व्यक्तिगत दुर्घटना बिमाले दुर्घटनाबाट हुने आकस्मिक मृत्यु, स्थायी अक्षमता, कुल आंशिक अक्षमता, नियमित आम्दानीमा हुने हानि, आकस्मिक चिकित्सा खर्च, शोक व्यय तथा अन्त्येष्टि खर्चहरूसमेत समेटेको छ ।
डिजिटल फाइनान्सियल सर्भिसमार्फत बिमाको दायरालाई थप फराकिलो बनाउन सकिने र यो सेवा उक्त कार्यमा एउटा कोशेढुंगा साबित हुने विश्वास लिएको आईएमई पेले लिएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
- २ सरकार–निजी क्षेत्र सहकार्यबाटै आर्थिक रूपान्तरण सम्भव : अर्थमन्त्री वाग्ले
- ३ फ्रान्समा डढेलोको कहर : आगजनी र लापरवाहीको आरोपमा ४२० जना पक्राउ
- ४ भव्यताकासाथ मनाइयो राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस
- ५ कांग्रेस संस्थापनइतर पक्षद्वारा महाधिवेशनसहित सबै निर्णय यथास्थितिमा राख्न माग
- ६ आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
- ७ रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

तपाईको प्रतिक्रिया दिनुहोस