काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज दुई महत्वपूर्ण खेल हुँदैछन्। आजको पहिलो खेलमा सनराइजर्स हैदरावाद र कोलकोता नाइट राइडर्स आमनेसामने हुनेछन्। हैदरावादमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।
जारी सिजनमा हैदरावादले ९ खेलमध्ये ६ जित र ३ हारसहित १२ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा मजबुत स्थिति बनाएको छ।
उता कोलकोताको सुरुवात भने अपेक्षाअनुसार हुन सकेको छैन। ८ खेलमा २ जित र ५ हार बेहोरेको टोलीले पछिल्ला दुई खेल जित्दै पुनरागमनको संकेत दिएको छ। त्यस्तै, आजको दोस्रो खेलमा गुजरात टाइटन्स र पञ्जाब किंग्स भिड्दैछन्। अहमदावादमा हुने यो खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।
गुजरातले हालसम्म ९ खेलमा ५ जित र ४ हारसहित १० अंक जोड्दै पाँचौं स्थानमा रहेको छ। यता पञ्जाबले उत्कृष्ट प्रदर्शन गर्दै ८ खेलमा १३ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा कब्जा जमाएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ हिमतालको बढ्दो जोखिम : पूर्वतयारीको आवश्यकता
- २ रसुवा बाढीमा तपाईको आफन्त हराइरहनु भएको छ ? अब khozi.facetagr.com ले सहयोग गर्न सक्छ
- ३ भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ७८८
- ४ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- ५ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- ६ नाडा अटो शो नेपालको आर्थिक रूपान्तरणको मार्गचित्र बन्न सक्छ : उपराष्ट्रपति यादव
- ७ नयाँ ढंगले जान सबै मन्त्रालयको बिफ्रिङ लिएर समीक्षा गरिरहेको छुः प्रधानमन्त्री

तपाईको प्रतिक्रिया दिनुहोस