असार १ गतेदेखि कक्षा ११ को पढाइ सुरु हुने, मन्त्रालयको निर्णय
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु गर्ने निर्णय गरेको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक महिनाभित्र प्रकाशित हुने तयारी भएपछि मन्त्रालयले कक्षा ११ को पढाइ समयमै सुरु गर्ने निर्णय गरेको हो । यस सम्बन्धमा आवश्यक सूचना प्रवाह गर्न तथा कार्यान्वयन सुनिश्चित गर्न मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत सबै विद्यालय र स्थानीय तहलाई पत्राचार गर्ने भएको छ ।
यसअघि एसईईको नतिजा प्रकाशन मिति र कक्षा ११ को नयाँ शैक्षिक सत्र सुरु हुने विषयमा अन्योलता रहेको थियो । विद्यार्थी र अभिभावकको अन्योल हटाउँदै शैक्षिक सुशासन कायम गर्न तथा पठनपाठनलाई व्यवस्थित बनाउन मन्त्रालयले समयमै कक्षा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।
मन्त्रालयका अनुसार असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु गर्दा विद्यालय शिक्षाको गुणस्तर सुधार हुने, शैक्षिक गतिविधिमा नियमितता आउने तथा विद्यालय तहका सबै कक्षाको पठनपाठनमा एकरूपता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ विश्वकपको सबैभन्दा सुन्दर कथा : केप भर्डे
- २ कर्णाली बस दुर्घटनामा उद्धार ढिलो भएको भन्दै सांसद ज्ञानेन्द्र शाहीको सरकारमाथि तीव्र आलोचना
- ३ रास्वपाको नयाँ विधान : कार्यकारी र अनुशासन संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व अनिवार्य
- ४ उखु किसानको ९२ प्रतिशत भुक्तानी सम्पन्न, अनुदान रकम असार २५ भित्र खातामा आउने
- ५ प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न विधेयक र अन्तर्राष्ट्रिय महासन्धिमाथि छलफल हुने
- ६ संविधानका आधारभूत विषय चलाए देश दुर्घटनामा पर्न सक्छ : हर्क साम्पाङ
- ७ प्रधानमन्त्री बालेन्द्र शाहको निजी क्षेत्रसँग छलफल

तपाईको प्रतिक्रिया दिनुहोस