अष्ट्रेलियाका राजदूत र ऊर्जामन्त्री खड्काबीच भेट
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कासँग अष्ट्रेलियाकी नेपालस्थित राजदूत लिआन जोनस्टनले शिष्टाचार भेट गरेकी छन् ।
ऊर्जा मन्त्रालयमा भएको भेटमा मन्त्री खड्काले नेपाल सरकार र मन्त्रालयको तर्फबाट राजदूत जोनस्टनलाई स्वागत गर्दै नेपाल–अष्ट्रेलियाबीचको कूटनीतिक सम्बन्ध यस वर्ष ६५ औं वर्षमा प्रवेश गरेको प्रसंग स्मरण गरे । उनले नेपाललाई प्रदान हुँदै आएको अष्ट्रेलियाली सहयोगप्रति आभार व्यक्त गर्दै, छात्रवृत्ति तथा क्षमता विकास कार्यक्रमहरूले नेपालको जनशक्ति सुदृढीकरणमा खेलेको भूमिकाको उच्च प्रशंसा गरे।
उनले नेपाललाई प्रदान हुँदै आएको अष्ट्रेलियाली सहयोगप्रति आभार व्यक्त गर्दै, छात्रवृत्ति तथा क्षमता विकास कार्यक्रमहरूले नेपालको जनशक्ति सुदृढीकरणमा खेलेको भूमिकाको उच्च प्रशंसा गरे ।
मन्त्री खड्काले जलविद्युत विकास, नवीकरणीय ऊर्जा, प्रसारण प्रणाली आधुनिकीकरण, जलवायु अनुकूलित सिंचाइ, स्वच्छ ऊर्जा, पूर्वाधार र प्रविधि क्षेत्रमा सहकार्यको अपार सम्भावना रहेको उल्लेख गर्दै नेपालको हरित ऊर्जा रूपान्तरण यात्रामा अष्ट्रेलियाली प्रविधि र लगानीलाई स्वागत गर्ने प्रतिबद्धता जनाए ।
भेटका क्रममा राजदूत जोनस्टनले मन्त्री खड्कालाई ८–१० सेप्टेम्बर २०२५ मा फ्रान्सको पेरिसमा आयोजना हुने अन्तर्राष्ट्रिय पम्प्ड स्टोरेज जलविद्युत सम्मेलनमा सहभागी हुन औपचारिक निमन्त्रणा गरे ।
निमन्त्रणाप्रति धन्यवाद ज्ञापन गर्दै मन्त्री खड्काले सो अवसरले ऊर्जा क्षेत्रका नयाँ अवसर पहिचान र ऊर्जा समिश्रण हासिल गर्न पम्पस्टोरेज आयोजनाले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।
राजदूत जोनस्टनले मन्त्री खड्काको पहलमा तयार भएको ‘ऊर्जा क्षेत्र विकास मार्गचित्र २०८१’ का लागि बधाई तथा सफल कार्यान्वयनका शुभकामना व्यक्त गर्दै थप जानकारी लिन जिज्ञासा राखेका थिए ।
सो क्रममा मन्त्री खड्काले मार्गचित्रअनुसार सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको बताए । जसअन्तर्गत १३ हजार पाँच सय मेगावाट आन्तरिक खपत, १० हजार मेगावाट भारतमा निर्यात र पाँच हजार मेगावाट बंगलादेशमा निर्यात गर्ने योजना रहेको जानकारी दिए ।
भेटको अन्त्यमा मन्त्री खड्काले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई विशेषगरी ऊर्जा, जलस्रोत र सिंचाइ क्षेत्रमा अझ सुदृढ बनाउन प्रतिबद्धता व्यक्त गर्दै राजदूत जोनस्टनको नेपालमा सफल कार्यकालको शुभकामना व्यक्त गरे । दुवै पक्षले आगामी दिनमा निरन्तर संवाद र सहकार्यलाई अझ फलदायी बनाउने विश्वास व्यक्त गरेका थिए ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- २ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ३ सुनाकोठीमा “प्लास्टिकमुक्त २०४०” गोष्ठी सम्पन्न
- ४ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ५ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश
- ६ जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन
- ७ बज्रबाराहीमा हुने पूर्णिमा भजनका लागि भक्तजनबाट आर्थिक सहयोग प्राप्त

तपाईको प्रतिक्रिया दिनुहोस