अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन सक्दैन : ओली
काठमाडौं।नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन नसक्ने बताएका छन् ।भदौ २३ र २४ गतेको विध्वंसबाट गठन भएको गैह्रलोकतान्त्रिक सरकारबाट लोकतन्त्रप्रतिको प्रतिबद्धता खोज्नु नहुने उनको भनाइ छ ।एमाले झापाका अगुवा कार्यकर्ताहरूलाई बिहीबार साँझ भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले अलोकतान्त्रिक सरकारले चुनाव गराउने नाटक गर्नु आफैँमा हास्यास्पद भएको उल्लेख गरे ।
अध्यक्ष ओलीले सरकारले चुनाव गराउने भनेर घोषणा गरेको मिति अब चार महिना मात्र बाँकी रहेको तर नेताहरूलाई स्थान हद तोकेर चुनावको मञ्चन गर्नु जनता झुक्याउने खेल मात्र भएको बताए । “यो सरकार चुनाव गराउने भन्छ । नेताहरूलाई स्थान हद तोकेको छ । जिल्ला जान नपाउने, निर्वाचन क्षेत्र जान नपाउने, प्रचार गर्न नपाउने,” अध्यक्ष ओलीले सरकारप्रति आक्रोश पोख्दै भने, “राजनीतिक दल र नेताहरूलाई यस प्रकारको अवरोध गरेर कस्तो प्रकारको चुनाव गर्न खोजिएको हो रु”
अध्यक्ष ओलीले एमालेमाथि जेनजीका नाममा भएको आक्रमण पार्टीले राष्ट्रियता, राष्ट्रहित, विकास र समृद्धिका काम गरेकोमा तिनलाई निस्तेज पार्ने प्रयास भएको उल्लेख गरे । यस प्रकारको आक्रमण रोक्न एमाले सक्षम रहेको उनको भनाइ छ ।
ओलीले समाजमा बढ्दै गएको अराजकतालाई रोक्न एमालेले टोलटोलमा टोल सुरक्षा समिति गठन गरिरहेको जानकारी दिए ।गैह्रसंवैधानिक तरिकाबाट विघटन गरिएको प्रतिनिधिसभाको पुनर्स्थापनाका लागि एमालेले व्यापक दबाब सृजना गर्न कार्यकर्ताहरूलाई निर्देशन दिए । प्रतिनिधिसभाको पुनर्स्थापनामार्फत लोकतान्त्रिक पद्धतिलाई सही बाटोमा ल्याइने बताए । बैठकमा अध्यक्ष ओलीले कात्तिक २९ गतेको जागरणसभालाई झापामा भव्य रूपमा आयोजना गर्न निर्देशन दिएका छन् । केन्द्रीयस्तरको जनपरिचालन कार्यक्रम सकिए पनि जिल्लाले अलग्गै आन्दोलनका कार्यक्रम बनाएर निरन्तरता दिन पनि ओलीले स्थानीय नेताहरुलाई निर्देशन दिएका छन् ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- २ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ३ सुनाकोठीमा “प्लास्टिकमुक्त २०४०” गोष्ठी सम्पन्न
- ४ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ५ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश
- ६ जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन
- ७ बज्रबाराहीमा हुने पूर्णिमा भजनका लागि भक्तजनबाट आर्थिक सहयोग प्राप्त

तपाईको प्रतिक्रिया दिनुहोस