अमेरिकी–इरान तनाव चुलियो, पाँच तेल ट्याङ्करमा अमेरिकी सेनाको आक्रमण
काठमाडौं । अमेरिकी सेनाले इरानसँग सम्बन्धित पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गरेपछि मध्यपूर्वमा सैन्य तनाव थप चुलिएको छ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम्) का अनुसार इरानले लगातार दुई दिनसम्म अमेरिकी युद्धपोतलाई निशाना बनाउने प्रयास गरेपछि त्यसको जवाफी कारबाहीस्वरूप ट्याङ्करहरूमाथि आक्रमण गरिएको हो।
अमेरिकी सेनाले ओमानको खाडीमा रहेका इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ (आईआरजीसी) सँग सम्बन्धित चारवटा तेल ट्याङ्करमा आक्रमण गरेको जनाएको छ। यस्तै, इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुनजिक रहेको अर्को एक ट्याङ्करलाई पनि ध्वस्त पारिएको सेन्टकम्ले जनाएको छ।
खार्ग टापु इरानको प्रमुख तेल निर्यात केन्द्र हो, जहाँबाट इरानको कुल तेल निर्यातको करिब ९० प्रतिशत हिस्सा हुने बताइन्छ।
ट्याङ्करमाथिको अमेरिकी आक्रमणपछि प्रतिशोधस्वरूप इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य शिविरलाई लक्षित गरी २० वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको जोर्डनी सेनाले जनाएको छ। तीमध्ये १८ वटा मिसाइललाई जोर्डनको वायु रक्षा प्रणालीले आकाशमै नष्ट गरेको र बाँकी दुईवटा मानवरहित क्षेत्रमा खसेको सेनाले जनाएको छ। आक्रमणबाट मानवीय क्षति नभएको बताइएको छ।
यसैबीच, इरानको रिभोलुसनरी गार्ड्सले कुवेत र बहराइनका बन्दरगाहमा रहेका अमेरिकी सम्पत्तिसँग सम्बन्धित तेल ट्याङ्करका चालक दलका सदस्यलाई तत्काल जहाज छाड्न चेतावनी दिएको छ। गार्ड्सले ती क्षेत्रमा थप आक्रमण हुन सक्ने संकेतसमेत दिएको छ।
पछिल्ला घटनाक्रमसँगै अमेरिका र इरानबीचको सैन्य तनाव थप गहिरिँदै गएको छ भने मध्यपूर्वका अमेरिकी सैन्य तथा रणनीतिक केन्द्रहरूमा सुरक्षा सतर्कता बढाइएको छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ३ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ४ म्याग्दीमा पहिरोमा परी ६ जनाको मृत्यु, ३ जना बेपत्ता
- ५ आज देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी
- ६ आजको विदेशी मुद्राको विनिमय दर : डलर १५३ रुपैयाँ ६१ पैसामा बिक्री
- ७ मनाङको हिम्लुङ हिमालमा हिमपहिरो : चार जनाको मृत्यु, १० भन्दा बढी बेपत्ता भएको अनुमान

तपाईको प्रतिक्रिया दिनुहोस