Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण १ शुक्रबार

    अपडेट
    गृहपृष्ठअन्तराष्ट्रियअमेरिका, क्यानाडा र अष्ट्रेलियाका विश्वविद्यालयहरूमा साइबर आक्रमण

    अमेरिका, क्यानाडा र अष्ट्रेलियाका विश्वविद्यालयहरूमा साइबर आक्रमण


    काठमाडौँ। अमेरिका, क्यानाडा र अष्ट्रेलिया लगायतका देशका विश्वविद्यालय तथा विद्यालयहरूमा ठूलो स्तरको साइबर आक्रमण भएको छ । साइबर आक्रमणका कारण शैक्षिक प्रणाली नै प्रभावित बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    ‘शाइनीहन्टर्स’ नामक ह्याकर समूहले आक्रमणको जिम्मेवारी लिएको बताइएको छ । आक्रमणको मुख्य निशाना  ‘क्यानभास’  प्लेटफर्म बनेको छ, जसलाई विश्वभरका हजारौँ विश्वविद्यालय र विद्यालयहरूले अध्ययन, असाइनमेन्ट तथा परीक्षा सञ्चालनका लागि प्रयोग गर्दै आएका छन् ।

    साइबर आक्रमणका कारण अन्तिम परीक्षा र असाइनमेन्टको महत्त्वपूर्ण समयमा व्यापक अव्यवस्था सिर्जना भएको छ । धेरै विश्वविद्यालयहरूले परीक्षा स्थगित गरेका छन् भने विद्यार्थी र शिक्षकहरूमा आफ्नो डाटा तथा शैक्षिक सामग्रीको सुरक्षाप्रति चिन्ता बढेको छ ।

    ‘इन्स्ट्रक्चर’ले  शुक्रबार राति आफ्नो वेबसाइटमार्फत अधिकांश प्रयोगकर्ताका लागि सेवा पुनः सञ्चालन गरिएको जनाएको छ ।

    मिसिसिपी स्टेट युनिभर्सिटीले विद्यार्थीहरूको सम्भावित रूपमा हराएको शैक्षिक सामग्री पुनः प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले शुक्रबारका अन्तिम परीक्षाहरू स्थगित गरेको जनाएको छ ।

    यस्तै, सिड्नी युनिभर्सिटीले  विद्यार्थीहरूलाई चेतावनी जारी गर्दै क्यानभास सेवा अस्थायी रूपमा उपलब्ध नरहेको र लग–इन गर्ने प्रयास नगर्न आग्रह गरेको छ । विश्वविद्यालयले यस अवरोधले विद्यार्थीहरूलाई गम्भीर समस्या सिर्जना गरेको स्वीकार गरेको छ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार, क्रिप्टोकरेन्सीबारे…

    काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन) विधेयक माथि दफावार छलफल गरिएको छ।

    साउने संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो, बिहानैदेखि शिवपूजामा श्रद्धालुको भीड

    काठमाडौं । साउने संक्रान्तिको अवसरमा शुक्रबार बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। साउन महिनाको पहिलो

    सांसदलाई सम्पत्ति विवरण बुझाउन सचिवालयको आग्रह, भदौ २९ भित्र अनिवार्य…

    काठमाडौं । संघीय संसद् सचिवालयले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण निर्धारित समयभित्र बुझाउन संघीय संसद्का सबै सदस्यलाई अनुरोध गरेको

    आज साउने सङ्क्रान्ति: स्नान, दान र शिव आराधनासहित देशभर पर्व…

    काठमाडौं । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान तथा धार्मिक आस्थाका

    बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो

    काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको

    बागमती प्रदेश प्रमुखद्वारा दुई आर्थिक विधेयक प्रमाणीकरण

    काठमाडौँ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा आर्थिक विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले

    Techie IT