अमेरिकाले नेपाली पुरातात्त्विक तथा सांस्कृतिक सामग्री आयातमा कडाइ गर्दै
काठमाडौं । अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले नेपालबाट पुरातात्त्विक तथा सांस्कृतिक सामग्री आयातमा कडा प्रतिबन्ध लगाउने अन्तिम नियम जारी गरेको छ। यो व्यवस्था सन् २०२६ अगस्ट १२ देखि २०३१ जनवरी ८ सम्म लागू हुनेछ। म्याद थप नभएमा उक्त अवधिपछि नियम स्वतः समाप्त हुनेछ।
नयाँ व्यवस्थाअनुसार नेपालबाट कानुनी रूपमा निर्यात गरिएको र नेपालको निर्यातसम्बन्धी कानुन उल्लंघन नभएको प्रमाणित गर्ने आधिकारिक प्रमाणपत्रबिना त्यस्ता सामग्री अमेरिकामा आयात गर्न पाइने छैन।
प्रतिबन्धको दायरामा इसापूर्व ३२ हजारदेखि सन् १७७० सम्मका ढुंगा, माटो, धातु, प्लास्टर, चित्रकला, हात्तीको दाँत तथा हड्डी, काँच, छाला, भोजपत्र, काठ, सिपी र मानव अवशेषलगायतका पुरातात्त्विक सामग्री समेटिएका छन्।
त्यस्तै, १३औँ शताब्दीदेखि सन् १९५० सम्मका धार्मिक वास्तुकलासम्बन्धी सामग्री, धार्मिक तथा सांस्कृतिक वस्तु र हस्तलिखित ग्रन्थसमेत प्रतिबन्धको दायरामा राखिएको छ।
यस व्यवस्थाले नेपालको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा विदेशमा अवैध रूपमा हुने ओसारपसार रोक्न थप कडाइ गरेको देखिन्छ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ हिमतालको बढ्दो जोखिम : पूर्वतयारीको आवश्यकता
- २ रसुवा बाढीमा तपाईको आफन्त हराइरहनु भएको छ ? अब khozi.facetagr.com ले सहयोग गर्न सक्छ
- ३ भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ७८८
- ४ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो
- ५ राज्यबाट सिर्जित सुकुम्बासी : आर्थिक, कृषि तथा भूमिनीतिको यथार्थ
- ६ नाडा अटो शो नेपालको आर्थिक रूपान्तरणको मार्गचित्र बन्न सक्छ : उपराष्ट्रपति यादव
- ७ गोरखाको छेकम्पारमा ठूलो पहिरो, स्यारखोला केही समय थुनियो

तपाईको प्रतिक्रिया दिनुहोस