अमेरिकाबाट कम्तिमा ४० नेपाली डिपोर्ट, चार्टर्ड विमानबाट आज ४ बजे काठमाडौं आइपुग्दै
काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका थप नेपालीहरु आज काठमाडौं आउँदैछन् ।अमेरिकी चार्टर्ड विमानमार्फत् काठमाडौं फर्काइएका उनीहरू अपराह्न सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने बताइएको छ । अमेरिकाले डिपोर्ट गरेका नेपालीहरुको संख्या कम्तिमा ४० देखि माथि हुन हुन सक्ने अनुमान छ । सुरुमा ४८ जना नेपालीलाई डिपोर्ट गर्ने तयारी गरिए पनि पछि केही नेपालीहरू रोकिएकाले संख्या थोरै कम हुनसक्ने अनुमान गरिएको हो ।
अमेरिकाले चार्टर्ड गरेको विमान डिपोर्ट गरिएका विभिन्न देशका नागरिकहरूलाई छाड्दै–छाड्दै आज अपराह्न ४ बजे काठमाडौँ आइपुग्ने र फर्किनेछ ।डिपोर्ट भएकाहरूलाई मानव बेचबिखन नियन्त्रण ब्युरोले सामान्य सोधपुछ गरेर घर जान दिने गरेको छ । दलालविरुद्ध कसैले उजुरी दिएमात्र अनुसन्धान प्रक्रिया सुरु हुने गरेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिकी सरकारले आप्रवासीहरुमाथि कडाइ गर्ने नीति लिएको छ । राष्ट्रपतिको शपथ लिएलगत्तै उनले अवैध आप्रवासीलाई निष्कासन गर्नेसम्बन्धी एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
अमेरिकाबाट नेपालीहरुको डिपोर्ट हुने क्रम ट्रम्पको पहिलो कार्यकाल वा त्यसअघिबाटै जारी रहेको छ। सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली अमेरिका बाट डिपोर्ट भएका थिए।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ The Eternal Lure of Gold: From Sacred Metal to Geopolitical Weapon
- २ गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश
- ३ नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
- ४ सर्वपक्षीय बैठक बस्दै
- ५ जागिरे युवाहरूको पहलमा सुनाकोठीमा सरसफाइ गतिविधि सम्पन्न
- ६ जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन
- ७ ओली र लेखक विरूद्धको जाहेरी प्रहरीले बुझी जाँचबुझ आयोगलाई पठायो

तपाईको प्रतिक्रिया दिनुहोस