अमेरिकाद्धारा नेपालका लागि ट्राभल एड्भाइजरी जारी
काठमाडौँ।अमेरिकाले नेपाल यात्रा गर्ने आफ्ना नागरिकका लागि ट्राभल एड्भाइजरी अद्यावधिक गर्दै थप सतर्कता अपनाउन आग्रह गरेको छ ।३१ मार्चमा अद्यावधिक गरिएको एभाइजरी लेभल घटाएर २ मा झारिएको छ । लेभल–२ ले थप सावधानी अपनाउनुपर्ने संकेत गर्छ ।गत भदौमा भएको जेनजी आन्दोलनलगायतका घटनापछि कडाइ गरिएको ट्राभल एड्भाइजरी हाल घटाइएको हो ।
एड्भाइजरी अनुसार, सेप्टेम्बर २०२५ देखि सुरु भएका देशव्यापी प्रदर्शनहरू अहिले रोकिएका छन् र सुरक्षा अवस्था सामान्यतर्फ फर्किएको छ । तर, विशेषगरी सहर क्षेत्रमा प्रदर्शन तथा स्थानीय अशान्ति अझै हुन सक्ने चेतावनी दिइएको छ ।
एड्भाइजरीमा प्रदर्शनहरू बिनापूर्वसूचना सुरु हुन सक्ने र केही अवस्थामा हिंसात्मक बन्न सक्ने उल्लेख गर्दै नागरिकलाई भीडभाडबाट टाढा रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ ।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित
- २ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- ३ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ४ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ५ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग
- ६ एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै
- ७ इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित

तपाईको प्रतिक्रिया दिनुहोस