काठमाडौं। भारतीय चलचित्रका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ। ८९ वर्षीय अभिनेतालाई श्वासप्रश्वासमा समस्या आएपछि सोमबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।उनको अवस्था स्थिर नभएपछि भेन्टिलेटरमा राखिएको थियो र आगामी ७२ घण्टा उनको लागि निकै महत्त्वपूर्ण रहेको अस्पताल स्रोतले बताएको थियो।
देओल परिवार नजिकका स्रोतहरूका अनुसार, धर्मेन्द्रका छोरीहरूलाई विदेशबाट मुम्बई बोलाइएको छ। सोमबार राति छोरा सन्नी देओल अस्पताल बाहिर निकै भावुक देखिएका थिए। बलिउडमा ‘ही-म्यान’ को नामले चिनिने धर्मेन्द्रले ६ दशकभन्दा लामो आफ्नो फिल्मी करियरमा उत्कृष्ट छाप छोडेका छन्।
उनको परिवारमा पत्नी हेमा मालिनी र ६ सन्तानहरू रहेका छन्। उनका सन्तानहरूमा अभिनेता सन्नी देओल, बबी देओल, ईशा देओल र आहना देओलका साथै अजिता र विजेता छन्।
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ नेपाली कांग्रेसको १५औँ महाधिवेशन : २२ वर्षका युवा महत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
- २ सामुदायिक योग समूह गाईजात्रा (इन्द्रजात्रा) विशेष कार्यक्रम मनाइयो
- ३ बडादसैँको साइत सार्वजनिक: असोज २५ गते घटस्थापना, कार्तिक ३ गते बिहान १०:२६ बजे टीकाको उत्तम साइत
- ४ मेलम्चीमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय उद्घाटन
- ५ कांग्रेस प्रदेश सभापतिमा सिताको उम्मेदवारी घोषणा
- ६ आजको विदेशी मुद्राको विनिमय दर : डलर १५३ रुपैयाँ ६१ पैसामा बिक्री
- ७ नेपाली कांग्रेस १५औँ महाधिवेशन: नयाँ नेतृत्वका लागि मतदान हुदै

तपाईको प्रतिक्रिया दिनुहोस