काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक अत्यन्तै विषम परिस्थितिमा रहेको बताएका छन् । नेकपा एमालेको ११औँ महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले अहिले नेपालको निर्णायकत्व संकटमा परेको र देश गम्भीर रूपमा भू–राजनीतिक चक्रव्यूहमा फसेको उल्लेख गरे ।
‘संविधान त मरिसकेको छ। त्यसकारणले त्यो संविधानलाई जबरजस्ती ब्यूँताएर देशलाई थप दुर्घटनामा लैजानेभन्दा पनि अब देशमा एउटा नयाँ समझदारी कायम गर्नुपर्छ,’ उनले भने।
उनले भदौ २३ र २४ गतेको जेन–जी विद्रोह वर्षौँदेखिको निषेधको राजनीतिको परिणाम भएको बताए।
उनले भने, ‘गत भदौ २३, २४ गतेको जेनजी आन्दोलनमा देशले अपूर्ण क्षति व्यहोर्यो । हामीले देशलाई केन्द्रमा राखेर देशले जित्ने एउटा निर्णय गर्नुपर्छ । त्यस्तो निर्णय गर्दा तीनवटा कुराहरुलाई आधार मान्नुपर्छ । नेपालको ठूलाठूला राजनीतिक परिवर्तनहरु ०७ सालको प्रजातन्त्र, २०४६ सालको बहुदलीय व्यवस्था, ०६२,६३ को समावेशी र समानुपातिक प्रणालीलाई जोगाएर अब देशमा नयाँ समझदारी कायम गर्नुपर्छ ।’
मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
धेरै पढिएका खबर
- १ मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद पुरस्कारसम्म
- २ सुन तोलामा २८ सय र चाँदीमा १ सय रुपैयाँ गिरावट
- ३ विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
- ४ ३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयका चार संगठनको माग
- ५ एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै
- ६ इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश, नर्वेमाथि २–१ को रोमाञ्चक जित
- ७ सार्वजनिक विद्युतीय बस खरिदमा ८० प्रतिशतसम्म बैंक कर्जा पाइने

तपाईको प्रतिक्रिया दिनुहोस