Techie IT
  • The Film Nepal
  • २०८३ असार ३१ बुधबार

    अपडेट
    गृहपृष्ठराजनीतिअबको चुनाव देश जलाउने कि बनाउनेहरूको बीचको चुनाव हो- ओली

    अबको चुनाव देश जलाउने कि बनाउनेहरूको बीचको चुनाव हो- ओली


    झापा ।नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको महासंग्राम भएको बताएका छन्।झापाको दमकमा धिमाल समुदायका अगुवाहरूसँगको भेटघाटमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले यो निर्वाचन केबल प्रतिनिधि छान्ने कुरा मात्र नभई धिमाल जातिको विकासका लागि बजेट राख्ने र भएका बजेट काट्नेहरू बीचको निर्वाचन भएको बताए।

    ओलीले भने, ‘यस पल्टको चुनाव देश जलाउने कि बनाउनेहरूको बीचको चुनाव हो। देश बनाउने, बचाउने कि देश जलाउनेका बीचको चुनाव हो। तर यस पल्टको चुनाव यस ठाउँमा मैले भन्नु पर्दा धिमाल जातिका लागि विकासका लागि बजेट राख्ने र बजेट काट्नेहरूका बीचको चुनाव पनि हो यो। भत्काउनेहरूलाई यस पल्ट साथ दिनु हुँदैन, मत दिनु हुँदैन।’

    उनले धिमाल जातिलाई ‘धर्तीपुत्र’ र ‘प्रथम नागरिक’ को संज्ञा दिँदै उनीहरूको पहिचान मेटाउन खोजिएको बताए।आफू २०२० सालदेखि नै धिमाल समुदायसँग निकट रहेको स्मरण गर्दै ओलीले वि.सं. २०५१ सालमा गृहमन्त्री हुँदा धिमाल जातीय विकास केन्द्रका नाममा संग्रहालय र उद्योग सञ्चालन गर्न १० बिगाहा जमिन भोगाधिकार दिएको तथ्य उल्लेख गरे।

    अध्यक्ष ओलीले धिमाल समुदायबाट शिक्षित युवाहरू नेतृत्वमा आउन थालेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा राज्यका विभिन्न निकायमा उनीहरूको उपयुक्त प्रतिनिधित्वका लागि एमालेले विशेष ध्यान दिने समेत बताए। शिक्षा, स्वास्थ्य र मौलिक पहिचानको संरक्षण नै आफ्नो मुख्य एजेण्डा रहेको भन्दै उनले कसैको भ्रममा नपर्न आग्रह गरे।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    प्रतिनिधिसभाका तीन समितिको बैठक आज, धितोपत्र बजारदेखि ग्यास आपूर्तिसम्मका विषयमा…

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्दैछ। अर्थ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा उद्योग,

    मन्त्रिपरिषद्का निर्णय : बीउबिजन नियमावली संशोधनदेखि पदक विजेता खेलाडीलाई नगद…

    काठमाडौं । सरकारले बीउबिजन पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीलाई रोकिएको नगद पुरस्कार उपलब्ध गराउनेलगायत

    एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको…

    काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप

    तीन दिन नदीमा बहाव बढ्ने पूर्वानुमान, काठमाडौं उपत्यकासहित धेरै जिल्लामा…

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश नदी तथा खोलामा पानीको बहाव

    भानुभक्तको मार्ग आत्मसात गर्दै नेपाली भाषा–साहित्यको संरक्षण गर्न सभामुख अर्यालको…

    काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरणमा सीमित नराखी उहाँले देखाएको मार्गलाई आत्मसात गर्दै नेपाली भाषा

    संघीय संसदका चार समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाका तीन र राष्ट्रिय सभाको एक गरी चार वटा समितिको बैठक बस्दैछन्। बैठकहरूमा राष्ट्रिय

    Techie IT