Techie IT
  • The Film Nepal
  • २०८३ श्रावण २५ सोमबार

    अपडेट
    गृहपृष्ठसमाचार“अपाङ्गता भएकालाई याेगदान दिन सक्ने जिम्मेवार र सक्षम नागरिक बनाइनुपर्छ”

    “अपाङ्गता भएकालाई याेगदान दिन सक्ने जिम्मेवार र सक्षम नागरिक बनाइनुपर्छ”


    ललितपुर/१५ मङ्सिर,  अपाङ्गता भएकाहरुलाई पनि राज्यलाई याेगदान दिन सक्ने जिम्मेवार र सक्षम नागरिक बनाइनुपर्छ भन्नेमा सराेकारवालाहरुले जाेड दिएका छन् ।
    अपाङ्गता सशक्तिकरण समाज नेपाल र महालक्ष्मी नगरपालिकाकाे सहकार्यमा शुक्रबार ललितपुरकाे महालक्ष्मी नगरपालिका वडा नं. ४ इमाडाेलमा भएको “अपाङ्गता भएका महिलाहरुका लागि सीप बिकास परियोजना अन्तर्गत रोजगार तथा इन्टर्नशिप
    सम्बन्धि छलफल” कार्यक्रममा मन्तव्य राख्नुहुँदै महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगाेबिन्द श्रेष्ठले अपाङ्गता भएकाहरुलाई सीप र तालिम दिएर उनीहरुमा राेजगारी र उद्यमशीलताकाे विकास गर्नुपर्ने धारणा राख्नुभएको हाे ।
    “अपाङ्गता भएकाहरुलाई सशक्तीकरण गर्दै राज्यलाई याेगदान दिन सक्ने जिम्मेवार र सक्षम नागरिक बनाइनुपर्छ, हाम्रो नगरपालिकामा राेजगार शाखाबाट विभिन्न कार्यक्रम गरिरहेका छाैं, अपाङ्गता भएका व्यक्तिहरुलाई राेजगारीका लागि सीड मनि भनेर दुई लाख रुपैयाँ दिने गरेका छाैं, यस वर्ष आपाङ्गता राेजगारीका लागि सात लाख बजेट छुट्याइएको छाैं।”उहाँले भन्नुभयो ।
    अपाङ्गता भएकाहरुकाे शसक्तिकणका लागि नगरपालिकाले विभिन्न स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुकाे समन्वय तथा सहकार्यमा कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभयो ।
    अपाङ्गता सशक्तिकरण समाज नेपालमार्फत जनचेतनाकाे विकास,सीप विकास, राेजगारीकाे प्रवर्द्धनका साथै उद्यमशीलताकाे क्षेत्रमा राम्रो कामकाे सुरुवात गरेको बताउँदै उहाँले नगरपालिकाले याे संस्थासंग सहकार्य गरेर काम गर्ने बताउनुभयो ।
    महालक्ष्मी नगर उद्योग बाणिज्य संघका अध्यक्ष नविन्द्रदेव सिंहले तालिमबाट सीप हासिल गर्नुभएका व्यक्ति तथा व्यक्तित्वहरुलाई आफू राेजगारमा मात्रै सीमित नभई उद्यमशील समेत बन्न आग्रह गर्नुभयो ।
    “सरकारले पनिबेराेजगारलाई स्वराेजगार बनाउने नीति लिएको छ, सहुलियत ऋण र अनुदानकाे समेत व्यवस्था गरेको छ, यसलाई सदुपयोग गरेर उद्यमशील बन्न आग्रह गर्दछु।” उहाँले भन्नुभयो ।
    उहाँले शारीरिक अपाङ्गता भएका महिलाहरुमा क्षमता अभिबृद्धि गर्दै स्वराेजगार बनाउन गरिएको काम महत्त्वपूर्ण भएको बताउनुभयो ।
    “समाजमा आश्रित हुनुपर्ने अवस्थाबाट मुक्त गर्दै उद्यमशील बनाउन गरिएको याे कार्य महत्त्वपूर्ण छ, उद्यमशीलता मार्फत उत्पादनमा जाेडिएर राज्यलाई याेगदान गर्न  पुर्‍याउनु भएको कार्य सराहनीय छ, राेजगारका लागि मात्रै सीप विकास गर्ने भन्दा पनि उद्यमशीलताका लागि सीप विकास  गर्न र आत्मनिर्भर बन्न आग्रह गर्न चाहन्छु।” उहाँले भन्नुभयो ।
    उहाँले समाजलाई रुपान्तरण गर्ने उद्देश्यका साथ अगाडि बढेकाे अपाङ्गता सशक्तिकरण समाज नेपाल संस्थाकाे कार्यले राज्यको सामाजिक उत्तरदायित्वकाे भारमा समेत सहजता ल्याउँदै अपाङ्गता भएकाहरुकाे दैनिक जीवनयापनमा सहयाेग पुर्‍याउने  विश्वास व्यक्त गर्नुभयाे।

    संस्थाका अध्यक्ष टेकनाथ न्याैपानेले आफूहरूले अपाङ्गतावरण गर्दा भाेग्नु परेकाे कष्ट ज्यादै दर्दनाक रहेकाे भन्दै अपाङ्गता भएका अबकाे पुस्ताले पीडा भाेग्नु नपराेस् भनेर संस्थागत रुपमा रचनात्मक र सृजनात्मक कार्यमार्फत सीप र सिर्जनामा जाेड्ने प्रयत्न गरेकाे बताउनुभयो ।
    “उद्यमशीलतालाई अपाङ्गतामैत्री बनाउने हाम्रो अभिप्राय हाे, हामीले बेरोजगार हुँदा ज्यादै अभाव, दवाव र प्रभावमा कठिनाइ भाेग्नुपरेकाे अवस्था थियाे, अपाङ्गता भएकाहरुले भविष्यमा यस्तो कठिनाइ भाेग्नु नपराेस्, याेग्य र सक्षम नागरिकका रुपमा उहाँहरुले आफूलाई स्थापित गर्न सकुन्, यसले सबैमन खुसी ल्याउन मद्दत गर्छ।”  उहाँले भन्नुभयो ।
    संस्थाका महासचिव कृष्ण महर्जनले महालक्ष्मी नगरपालिकाभित्र अपाङ्गता भएका महिलाहरुलाई छ महिने सीप विकास तालिम र १८ जना किसाेरी महिलाहरुलाई डिजिटल साक्षरता तालिम सञ्चालन गरिएको बताउनुभयो ।
    महालक्ष्मी नगरपालिका राेजगार शाखा प्रमुख सहदेव के.सी.ले “राेजगारी सृजना गराैं विकासलाई गति दिओैं।” भन्ने नारा सहित नगरपालिकाले लघु उद्यम विकास कार्यक्रमका लागि सहयाेग गरिरहेको जानकारी गराउनुभयो।
    कार्यक्रममा महालक्ष्मी नगरपालिका भित्रका ४० जना अपाङ्गता भएका व्यक्तिहरुकाे सहभागिता रहेको थियाे।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। रास्वपाका सहमहामन्त्री

    कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

    कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह जंगलमा मृत अवस्थामा फेला परेका छन्। गत शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन रहेका सिंहको शव

    आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम

    काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा

    परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति : परराष्ट्रमन्त्री खनाल

    ललितपुर । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन्। ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः

    महाङ्काल मन्दिरको चौघेरा सत्तल पुनःनिर्माण सम्पन्न, महानगरद्वारा उद्घाटन

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महाङ्काल मन्दिर परिसरको ऐतिहासिक चौघेरा सत्तलको पुनःनिर्माण सम्पन्न गरेको छ। करिब ८

    राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङको माफी : ‘मेरो भाषा अलि…

    काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय सभा बैठकमा आफ्नो अभिव्यक्ति रुखो तथा ठाडो हुन पुगेको स्वीकार गर्दै सांसदहरूसँग माफी मागेका

    Techie IT