Techie IT
  • The Film Nepal
  • २०८२ चैत्र ३ मंगलवार

    अपडेट
    गृहपृष्ठराजनीतिअन्य राजनीतिक दललाई कमजोर बनाउने हाम्रो नीति होइन : सभापति देउवा

    अन्य राजनीतिक दललाई कमजोर बनाउने हाम्रो नीति होइन : सभापति देउवा


    ललितपुर / २७ भदौ, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अरू राजनीतिक दललाई कमजोर बनाउने नीतिअनुसार वर्तमान सरकार निर्माण नभएको बताउनुभएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो।

    उहाँले दुई ठुला राजनीतिक दल मिलेपछि अरू पार्टीलाई सिद्ध्याउने हुन् की भन्ने भय पालेर नराख्न आग्रह गर्नुभयो । उहाँले कुनैपनि पार्टीलाई सिद्ध्याउने र कमजोर पार्ने नीति कांग्रेस र एमालेको नभएको जिकिर गर्नुभयो ।

    सभापति देउवाले सबैलाई मिलाएर अघि बढाउन आफूहरूले चाहेको पनि स्पष्ट पार्नुभयो । उहाँले पछिल्लो समय पार्टी परित्याग गरेकाहरू पनि पार्टीमा पुनः फर्किने क्रम जारी रहेको भन्दै अझ बलियो पार्टी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    उहाँले कांग्रेसलाई कमजोर बनाउनेहरू नेपालमा रहेको भन्दै सबैलाई एक गरेर बलियो पार्टी बनाउनुपर्ने बताउनुभयो । उहाँले आफूले अब सबै कुराबाट संन्यास लिने बेला आइसकेको भन्दै पार्टी, देशको चिन्ता अब नयाँ बन्ने नेताहरूले लिनुपर्ने बताउनुभयो ।

    सभापति देउवाले भोलिका दिनहरू चुनौतीपूर्ण र महत्त्वपूर्ण अवसरका रूपमा रहेको भन्दै दुवैलाई मिलाएर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले अब पार्टीको नेतृत्व लिने नेताहरूलाई काम गरेर देखाउन पनि चुनौती दिनुभयो । उहाँले कांग्रेस र एमालेको सरकार बनेपछि देशभर उत्साह पैदा भएको बताउनुभयो ।

    नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले समुन्नत नेपालका लागि स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

    उहाँले स्थानीय तह नै समुन्नत नेपालको जग भएको बताउनु भयो । उहाँले जग बलियो नभएसम्म समुन्नत नेपालको परिकल्पना गर्न नसकिने उल्लेख गर्नुभयो । उहाँले विशेष परिस्थितिमा विशेष ढंगबाट राजनीतिक मेलमिलाप हुने गरेको भन्दै अहिले पनि विशेष परिस्थितिका कारण नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएको बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘वास्तवमा समुन्नत नेपालका लागि स्थानीय तह भनेको जग हो । जबसम्म जग बलियो हुँदैन तबसम्म समुन्नत नेपालको परिकल्पना गर्न सकिँदैन । त्यसकारण जग नै बलियो बनाउनका लागि तपाईंहरुले जुन कर्म गर्नुभएको छ । जसरी मेहनत गर्नुभएको छ । जसरी लाग्नुभएको छ । लागैकै र मेहनत गरेकै कारणले नेपाली काँग्रेसले धेरै विधामा उत्कृष्ट हुन सकेको छ । विशेष परिस्थितिमा विशेष ढंगबाट राजनीतिक मेलमिलाप हुने गर्दछन् ।’

    उपसभापति गुरुङले मुलुक खतरामा परिरहेको बेलामा अहिले दई ठूला राजनीतिक दलहरु मिलेर अस्थिरताको अन्त्य गर्दै सरकार बनाएको बताउनु भयो ।

     संविधान पुनरवलोकन गर्नुपर्छः महामन्त्री थापा

    नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ ।

    बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारले पनि ७ बुँदे सहमतिमा संविधान संशोधनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै अझै सशक्त रुपमा संघीयतालाई मजबुत बनाउन संविधान संशोधन हुनुपर्ने बताउनु भयो । उहाँले लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्वलाई थप बिस्तार आफूहरुले चाहेको बताउनु भयो । विगतमा संविधान बनाउँदा भएका कमजोरी, राजनीतिक बाध्यताहरु हटाएर सुदृढ रुपमा संशोधन र पुनरावलोकन हुने बताउनु भयो ।

    उहाँले २०८४ सम्म संघीयता कार्यान्वयन गर्ने कामसँग जोडिएका कानूनहरु बनाउने, संरचना निर्माण गर्नेकुरा टुंग्याउनुपर्ने बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘हामी संघीयतालाई मजबुत बनाउन चाहन्छौँ । लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्वलाई अरु थप बिस्तार गर्न चाहन्छौँ । तर त्यो बिस्तार गरिरहँदै गर्दा त्यसलाई मजबुत बनाउनका लागि हिजो संविधान बनाउँदै गर्दा कतिपय कुरामा ध्यान नपुगेको होला, कतिपय कुरा हामीले ओभरलुक गरेका होलाउँ । कतिपय त्यो बेलाको राजनीतिक बाध्यताहरु थिए होलान् । कतिपय हामीलाई यस्तो गर्दा पो राम्रो हुन्छ की भन्ने हामीले सोचेको भन्दा फरक भए होलान् । हामीले संविधानको पुनरावलोकन गर्नुपर्छ अब । यि कतिपय कुरालाई सुधार गर्नुपर्छ । हामी अहिले नेकपा एमालेले नेतृत्व गरेको यो दुई वर्षको पहिलो कार्यकाल त्यसपछि हाम्रो पार्टी सभापतिले नेतृत्व गर्ने बाँकी कार्यकालमा संघीयता कार्यान्वयन गर्ने कामसँग जोडिएका कानूनहरु बनाउने, संरचना निर्माण गर्ने यि तमाम कुराहरु टुंग्याउन चाहन्छौँ ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    नवनिर्वाचित सांसदका लागि रास्वपाको अभिमुखीकरणमा मोबाइल निषेध

    काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। रास्वपाले मंगलबार र बुधबार

    ६ दलले पाए राष्ट्रिय दलको मान्यता

    काठमाडौं।२१ फागुनको निर्वाचनबाट ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन् ।जसमा एउटा नयाँ र पाँच वटा दल पुरानै रहेका

    राष्ट्रियसभाका सदस्यले लिए सपथ

    काठमाडौं। राष्ट्रिय सभा सदस्यहरुले सपथ लिएका छन् । आज गत माघ ११ गते राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि

    काठमाडौं–१ मा रञ्जु न्यौपाने विजयी, १५ हजार ४५५ मत प्राप्त

    काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने(दर्शना)

    परिचय खुल्ने ६ प्रकारका परिचय पत्रले मतदान गर्न पाइने

    काठमाडौँ । बिहीबार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ।निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा देशभर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म

    मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न आयोगको निर्देशन

    काठमाडौँ । फाल्गुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागी लागि सोमबार रातिदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले

    Techie IT