Techie IT
  • The Film Nepal
  • २०८२ मंसिर २३ मंगलवार

    अपडेट
    गृहपृष्ठराजनीतिअदालतको अवहेलना मुद्दामा सर्वोच्चले माग्यो गगन थापासँग लिखित जवाफ

    अदालतको अवहेलना मुद्दामा सर्वोच्चले माग्यो गगन थापासँग लिखित जवाफ


    काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग लिखित जवाफ माग्ने आदेश गरेको छ ।मंगलबार कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले थापासँग लिखित जवाफ माग्ने आदेश दिएको हो ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा नियुक्त गरेका विवादित ५२ पदाधिकारीविरुद्धको रिटको सुनुवाइमा सर्वोच्चले ‘डिल गरेको’ गरेको भन्ने थापाको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता भएको थियो।

    प्रारम्भिक सुनुवाइपछि थापालाई लिखित जवाफ पेस गर्न आदेश भएको हो । आफैँ उपस्थित हुने वा आफ्नो कानुन व्यवसायीमार्फत जवाफ पेस गर्ने भन्ने आदेशको पाठपछि मात्र सार्वजनिक हुनेछ ।

    उक्त आरोपपछि आइतबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले थापाविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन –…

    काठमाण्डौ मंसिर २२,सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

    प्रभु बैंकका शेरचनलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं । प्रभु बैंकका कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जनामाथि थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको

    गौरहत्याकाण्डको छानबिन गर्न सर्वोच्चको परमादेश

    काठमाडौं।सर्वोच्च अदालतले १९ वर्षअघि भएको गौरहत्याकाण्डको बारेमा छानबिन गर्न परमादेश जारी गरेको छ।जिल्ला प्रहरी कार्यालय रौतहटमा परेको किटानी जाहेरका आधारमा

    जेनजी शहीदको नाम ३ दिनभित्र सबै सीडीओ कार्यालयमा राख्न निर्देशन

    काठमाडौं। २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा मृत्यु भएका मध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा

    निर्वाचन आयोगद्धारा दललाई निर्वाचन चिन्ह प्रदान, पहिलो नम्बरमा सूर्य, दोस्रोमा…

    काठमाडौं।निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा निर्वाचनमा भाग लिने दलहरुलाई ती दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ ।१ सय २० वटा राजनीतिक

    नागढुंगा–नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

    काठमाडौं।सरकारले नागढुंगा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवाला सबैलाई

    Techie IT