Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठविश्वअत्याधिक मतका साथ ब्राइस ओलिगुइ एनगुएमा बने गाबोनको राष्ट्रपति

    अत्याधिक मतका साथ ब्राइस ओलिगुइ एनगुएमा बने गाबोनको राष्ट्रपति


    काठमाडौं ।अफ्रिकी देश गाबोनका सैनिक जनरल ब्राइस ओलिगुइ एनगुएमा भएको राष्ट्रपति निर्वाचनमा ९० प्रतिशतभन्दा बढी मत हासिल गरी विजय हासिल गरेका छन् ।
    शनिबार भएको निर्वाचनमा उनले विजय हासिल गरेका हुन् ।

    जनरल ब्राइस ओलिगुइ एनगुएमाले सन् २०२३मा ‘कु’मार्फत झन्डै ६० वर्ष लामो राष्ट्रपति अली बोंगोको पारिवारिक शासनकालको अन्त्य गर्दै नेतृत्व हत्याएका थिए ।

    राष्ट्रपति अली बोंगोको शासनकाल समाप्त भएको लगभग दुई वर्षपछि जनरल एनगुएमाले शासन सत्तामा अझ बलियो पकड बनाएको बीबीसीले जनाएको छ ।

    ५० वर्षीय ओलिगुइ एनगुएमाले बोंगो शासनकालका पूर्वप्रधानमन्त्री एलेन क्लाउड बिली–बाइन्जे सहित सात अन्य उम्मेदवारहरूलाई पराजित गरे ।

    एनगुएमालाई गम्भीर राजनीतिक चुनौती दिन सक्ने विपक्षी दलका केही प्रमुख नेताहरूलाई निर्वाचनबाट बाहिर राखिएको थियो ।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    वेस्ट बैंकमा १ हजार २३४ नयाँ बस्तीका घर निर्माणको तयारी,…

    काठमाडौँ ।  इजरायलले कब्जामा रहेको वेस्ट बैंकको रणनीतिक रूपमा महत्वपूर्ण ‘ई–१’ क्षेत्रमा नयाँ बस्ती विस्तारका लागि १ हजार २३४ घर

    थाइल्यान्डको विद्यालय गोलीकाण्डमा मृतकको संख्या ९ पुग्यो

    काठमाडौं । थाइल्यान्डको नोनथाबुरी प्रान्तस्थित एक विद्यालयमा शुक्रबार भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या ९ पुगेको छ। गोली लागेर उपचाररत १२

    जापानको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुग्यो, उद्धार कार्य…

    काठमाडौं । जापानको दक्षिणपश्चिम क्षेत्रमा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या ३४ पुगेको छ। कुमामोटो प्रान्तीय सरकारले शुक्रबार सार्वजनिक गरेको

    दक्षिण जापानमा ७.१ म्याग्निच्युडको भूकम्प

    काठमाडौँ । दक्षिण जापानमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि व्यापक त्रास फैलिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार भूकम्पका कारण कुमामोटोस्थित

    डीआर कंगोमा इबोला महामारी भयावह, मृतक संख्या १,३०९ नाघ्यो

    काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगोमा फैलिएको इबोला महामारी झन् भयावह बन्दै गएको छ। महामारीका कारण मृत्यु हुनेको संख्या एक हजार

    डीआर कंगोमा इबोला संक्रमण अझै नियन्त्रणबाहिर, डब्ल्यूएचओद्वारा उच्च सतर्कता

    काठमाडौं । लोकतान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)मा इबोला भाइरसको संक्रमण नयाँ–नयाँ क्षेत्रमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले संक्रमण अझै

    Techie IT