Techie IT
  • The Film Nepal
  • २०८३ भाद्र २१ आईतवार

    अपडेट
    गृहपृष्ठसमाचारअछाममा असार ३ गते ‘रामारोशन स्काई रन २०२६’ हुँदै, ७ लाख ५२ हजार रुपैयाँ पुरस्कार

    अछाममा असार ३ गते ‘रामारोशन स्काई रन २०२६’ हुँदै, ७ लाख ५२ हजार रुपैयाँ पुरस्कार


    काठमाडौं । नेपाल एड्भेन्चर रनिङ फेडरेसन (नार्फ) को आयोजनामा आगामी असार ३ गते अछामको प्रसिद्ध पर्यटकीय क्षेत्र रामारोशनमा ‘रामारोशन स्काई रन २०२६’ आयोजना हुने भएको छ। फेडरेसनले यसलाई आफ्नो पहिलो आधिकारिक स्काई रनिङ प्रतियोगिताका रूपमा सञ्चालन गर्न लागेको हो।

    सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, सामाजिक विकास मन्त्रालय, रामारोशन गाउँपालिका तथा साँफेबगर नगरपालिकाको सहकार्यमा आयोजना हुन लागेको प्रतियोगिताको उद्देश्य सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन, खेलकुद तथा स्थानीय संस्कृतिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ।

    ‘बाह्र बण्ड अठार खण्ड’ नामले परिचित रामारोशन क्षेत्र समुद्री सतहबाट २ हजार ५० मिटरदेखि ३ हजार ८ सय ५० मिटरसम्म फैलिएको छ। हिमाली ताल, विशाल पाटन, घना वन तथा मनोरम हिमशृङ्खलाले भरिपूर्ण यस क्षेत्रमा हुने प्रतियोगिताले नेपाललाई अन्तर्राष्ट्रिय स्काई रनिङ गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    प्रतियोगिताअन्तर्गत २८ किलोमिटर स्काई रनिङ च्यालेन्जमा पुरुष तथा महिला खुला विधामा प्रतिस्पर्धा हुनेछ। साथै स्थानीय युवाको सहभागिता बढाउन २० वर्षमुनिका लागि ५ किलोमिटर सामुदायिक दौड पनि आयोजना गरिनेछ।

    मुख्य दौडको मार्ग २ हजार १५० मिटर उचाइको रामेखण्डबाट सुरु भई जिङ्गाले ताल, लामादह ताल, रोशन पाटन, ३ हजार ८२० मिटर उचाइको चाँखाटप र किनिमिनी पाटन हुँदै पुनः रामेखण्डमै पुगेर समाप्त हुनेछ।

    प्रतियोगितामा सहभागी धावकको सुरक्षा र सहजताका लागि मार्गभर ६ वटा वाटर पोइन्ट र ६ वटा चेकपोइन्टको व्यवस्था गरिनेछ। प्रतियोगितामा अधिकतम १०० जना धावकले मात्र सहभागिता जनाउन पाउनेछन्। जेठ १९ गतेदेखि दर्ता खुला गरिएको छ भने दर्ता शुल्क प्रतिव्यक्ति २ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। स्थानीय सहभागीका लागि भने दर्ता निःशुल्क हुनेछ।

    आयोजकका अनुसार दर्ता गर्ने पहिलो ३० जनालाई काठमाडौं–रामारोशन–काठमाडौं निःशुल्क यातायात सुविधा प्रदान गरिनेछ। साथै सबै सहभागीलाई रामारोशनमा आवास, भोजन तथा अछामभित्र तोकिएका स्थानबाट आवतजावतको सुविधा उपलब्ध गराइनेछ। प्रतियोगितामा सहभागी सबैले प्रमाणपत्र प्राप्त गर्नेछन् भने २८ किलोमिटर दौड पूरा गर्ने धावकलाई फिनिसर मेडल प्रदान गरिनेछ।

    प्रतियोगिताको कुल पुरस्कार राशि ७ लाख ५२ हजार रुपैयाँ रहेको छ। २८ किलोमिटर स्काई रनिङ च्यालेन्जमा पुरुष तथा महिला दुवै विधाका प्रथम, द्वितीय र तृतीय हुने धावकले क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै शीर्ष १० स्थान हासिल गर्ने धावकलाई समेत नगद पुरस्कार प्रदान गरिनेछ।

    त्यसैगरी, ५ किलोमिटर सामुदायिक दौडतर्फ पुरुष तथा महिला दुवै विधाका शीर्ष तीन विजेताले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।




    मुग्लान न्युजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई muglannews02@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने muglannews02@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



    तपाईको प्रतिक्रिया दिनुहोस


    थप समाचार

    आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको

    भोटेकोशी बाढीको प्रारम्भिक क्षति विवरण सार्वजनिक : ७ हजार ५७०…

    काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्‍यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)

    भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार र विद्युत् पुनःस्थापना तीव्र

    काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि

    त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा एकजनाको शव फेला, दुई जनाको उद्धार

    रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एकजनाको शव फेला परेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र

    त्रिशूली–३ ‘ए’ सुरुङबाट दुई कर्मचारीको उद्धार, गृहमन्त्री गुरुङ स्वयं उद्धारस्थलमा

    काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार टोलीले

    श्रद्धा–भक्तिपूर्वक मनाइँदै श्रीकृष्ण जन्माष्टमी

    काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको

    Techie IT